यहाँको अध्यक्षतामा माइती नेपाल संस्था द्वारा मानव बेचविखन, शोषण तथा  बालश्रमको अन्त्यका लागि सन् १९९३ देखि शोषित, पीडित महिला र बेचविखनको जोखिममा रहेका बालबालिका एवं महिलाहरूलाई उद्धार गरी उनीहरूको शिक्षा,समाजिक जागरण एवं जनचेतनमूलक अभियानमा संलग्न रही आएकोमा यहाँ र माइती नेपाल परिवार प्रति हार्दिक बधाई व्यक्त गर्द छौं।
२७ मार्च को दिन भारतीय राजदूतावास द्वारा अयोजित All Women Hike @Shivapuri मा सहभागी हुन सहर्ष श्वीकृति प्रदान गरी महिला चेतनाको उच्चअभियानमा  यहाँको सहभागिताले यस कार्यक्रम को गरिमा लाई अझ बढ़ायेको छ।  यसको लागि हामी कृतज्ञ छौं।
यस वर्ष माइती नेपालका १५ बाल-बालिकालाई महात्मा गान्धी छात्रवृत्ति प्रदान गरेर हामी माइती नेपालले उठायेको शुभ अभियानमा सहभागी हुन पाएकोमा हामी अत्यन्त हर्षित छौं।यसलाई स्वीकार गर्नु भई उपकृत गर्नु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *