पौडेल र सिटौला पक्ष केन्द्रीय समिति बैठकमा अनुपस्थित

१४ फागुन, काठमाडौं । अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा गठनको माग गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पार्टी केन्द्रीय कार्यसमिति बैठकमा अनुपस्थित भएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक ११ बजेका लागि बोलाइएको थियो । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरु बैठक हलमा छन् । तर, पौडेल, सिटौलासहितका नेताहरु केन्द्रीय कार्यालयमा भएपनि बैठक हलमा गएका छैनन् ।
महामन्त्री शशांक कोइराला पनि बैठकमा छन् ।
‘अनुशासन र निर्वाचन समिति अर्ध न्यायिक निकाय भएकाले सहमतिमा र एकै पटक गठन गर्नुपर्छ भन्ने हाम्रो माग हो’ नेता कल्याण गुरुङले भने, ‘यही माग राखेर हामी बैठकमा नगएका हौं ।’
अघिल्लो केन्द्रीय कार्यसमितिले महासमितिमा पार्टी सभापति देउवाले गरेको बाचाविपरित बहुमतका आधारमा विधान पास गरेको थियो, जसमा पौडेल र सिटौला पक्षले नोट अफ डिसेन्ट लेखेका छन्
