प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।  प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान खोप लगाएका हुन् । प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले खोप लगाएकी छन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।  सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *