राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै गरेको विवादित भाषणपछि पक्राउ परेकी नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री अन्ततः रिहा भएकी छिन् ।

पक्राउ पुर्जी थमाएसँगै दिउँसो १ः१० बजेतिर प्रहरीले पक्राउ गरेर महानगरीय अपराध अनुसन्धान महाशाखामा लगेर राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा झाँकीलाई पक्राउ गर्ने काम भएको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दल र तीनका नेताले कडा आलोचना गर्दै रिहाइको माग गरेका थिए ।

चौतर्फी विरोधपछि प्रहरीले साँझ नै उनलाई रिहा गरिदिएको हो ।  उनलाई प्रहरीले बिहीबार दिउँसो १ः१० बजेतिर बानेश्वरस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *