प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् ।

नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्‌को सिफारिसमा शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी झालाई नियुक्त गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *