काठमाडौँ उपत्यकामा चिसो बढ्दो जाँदा जनजीवन प्रभावित भएको छ ।  केही दिनअघिदेखि तापक्रम घट्दै जाँदा क्रमशः न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौँको तापक्रम २.१ डिग्रीसम्म झरेको छ ।

यसले गर्दा सर्वसाधारणलाई दैनिक रूपमा गर्नु पर्ने काम गर्न समेत असहज भएको छ । बाक्लो कपडा लगाउनु पर्ने, आगो बालेर ताप्नु पर्ने अवस्था समेत सृजना भएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने   उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना   कोशी, वाग्मती, गण्डकी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना  

आज राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ  बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको   तराईका अधिकांश स्थानमा हुस्सुकुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको