भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा र ‘सम्पर्क (India-Nepal Alumni Network)’ को एक कार्यक्रमको रुपमा भारतीय राजदूतावासले यहि मिति २०७७ चेत्र १५ गतेका दिन एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो । सो अन्तक्र्रिया कार्यक्रमका मुख्य वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित हुनुहुन्थ्यो । आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित हुनुहुन्छ । त्यस्तै कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित हुनुहुन्छ ।
उक्त संवाद कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिनुका साथै भारत आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *